October 20, 2017

पूर्ण समानूपातिक र समावेशी प्रणालीमा स्ववियू निर्वाचन गर्न संयुक्त विद्यार्थी संघर्ष समितिको माग

काठमाडौं, ५ फाल्गुन । संयुक्त विद्यार्थी संघर्ष समितिले पूर्ण समानुपातिक र समावेशी सिद्धान्तको आधारमा स्ववियू निर्वाचन गर्न माग गरेका छन् ।

बिहिवार रिपोर्टर्स क्लब नेपालमा भएको पत्रकार सम्मेलनमा समितिले आफूहरुले अघि सारेका मागहरू पुरा नगरी त्रिविले निर्वाचन गरे आफुहरुले बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
पत्रकार सम्मेलनमा अखिल (क्रान्तिकारी)का उपाध्यक्ष लालबहादुर तामाङले संघर्ष समितिले अघि सारेका मागहरू पुरा नगरी त्रिविले स्ववियू निर्वाचन गर्नै नसक्ने दाबी गर्नुभयो ।
उहाँले आफु स्ववियू निर्वाचन बिरोधी नभएको तर आफ्ना मागहरू पुरा गर्न त्रिवि आलटाल गरिरहेको आफुहरु आक्रोषित भएको
बताउनुभयो ।
संघीय विद्यार्थी यूनियन लिम्बुवानका अध्यक्ष जेन्टल लावतीले समितिले अघि सारेका मागहरूमा त्रिवि बेखबर भएकाले आगामी फागुण ८ गतेदेखि सघर्ष समिति बाध्य भएर आन्दोलनमा उत्रिने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेपाल विद्यार्थी मञ्चका अध्यक्ष रोशनकुमार राय, समाजवादी विद्यार्थी संघका अध्यक्ष रामविर यादव, विद्यार्थी मञ्चका अध्यक्ष केशी यादव, आदिवासि जनजाति विद्यार्थी संगठनका अध्यक्ष दोझाङ् शेर्पा, नेपाल विद्यार्थी मोर्चाका अध्यक्ष पूर्ण रानामगर, नेपाल लोकतान्त्रिक विद्यार्थी फ्रन्टका अध्यक्ष जेपी यादव लगायतले बिचार राखेका थिए ।
समितिले अघि पूर्ण समानुपातिक र समावेशी निर्वाचन प्रणाली लागु गर्नुपर्ने, सिण्डिकेट खारेजी गर्नुपर्ने, फर्जी विद्यार्थीको भर्ना खारेज र सार्थक वार्ताको वातावरण निर्माण गर्नु पर्ने लगायतका माग राखेको थियो ।