October 23, 2017

पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्दै

काठमाण्डौ, १४ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणको चौथो दिन आज चिनियाँ राष्ट्रपति सी जिनपिङसंग भेटवार्ता गर्दै छन् ।

चीनको बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा हुने भेटमा द्विपक्षीय हित र चासोबारे छलफल हुनेछ ।

भेटमा चीनको ‘वान रोड, वान बेल्ट’ अवधारणमा नेपालको साझेदारी, नेपालको विकासमा चिनियाँ सहयोग र चीनको ‘एक चीन नीति’ मा नेपालको धारणा लगायतका विषयमा छलफल हुने बुझिएको छ ।

त्यस्तै पारवहन तथा यातायातसम्बन्धी गत वर्ष भएको सम्झौता, विद्युत् प्रसारणलाइन, सीमा तथा रेल्वे लगायतका विषयमा समेत छलफल हुने बताइएको छ ।

भेटवार्तामा प्रधानमन्त्री दाहालले राष्ट्रपति पिङलाई नेपाल भ्रमणको निम्तो दिनेछन् । प्रधानमन्त्री दाहाल भोली ल्हासा जाने र पर्सी स्वदेश फर्कने कार्यक्रम रहेको छ ।