August 16, 2017

पुल निर्माणको कार्य अलपत्र, हस्तान्तरण गर्ने मिति अाईसक्दा समेत एक चौथाई काम पनि हुन सकेन्

प्रविण टिबडेवाल

रौतहट, २० चैत्र । निर्माण कार्यले गति लिन नसक्दा रौतहटको सदरमुकाम गौर र औरैया जोड्ने लालबकैया नदीको पुल निर्माणको कार्य अलपत्र परेको छ ।

रौतहटको औरैया लगायत दर्जन भन्दा बढी गाउहरुलाई सदरमुकाम गौर सँग जोड्ने गौरको टिकुलिया घाट स्थित लालबकैया नदीमा निर्माणाधिन पुलको निर्माण कार्यले गति लिन नसक्दा अलपत्र परेको छ ।

२०७४ असार २५ गते निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख भए पनि हालसम्म एक चौथाई पनि काम सम्पन्न हुन सकेको छैन् ।

हस्तान्तरण गर्ने समय नजिकिदै जाँदा पनि पुल निर्माणको कार्यमा देखिएको ढिलाईले औरैया, बन्जरहा, मठिया, जोकाहा, जटहरा लगायतका एक दर्जन गाउँका स्थानियहरु चिन्तित बनेका छन् ।

२५ असार २०७४ भित्र निर्माण कार्य सम्पन्न गरि पुल हस्तान्तरण गर्नका लागि २ करोड ३७ लाख ८ सय ३० रुपैयाँको लागतमा पप्पु कन्स्ट्रक्सनले २९ असार २०७१ मा ठेक्का गरेको थियो ।