पुरुष ८ सय मिटर दौडमा नेपालका सोमलाई स्वर्ण

काठमाण्डौ, ७ चैत्र । ब्रुनाईमा भएको ब्रुनाई ओपन एथलेटिक्स च्याम्पियनसिपको पुरुष ८ सय मिटर दौडमा नेपालका सोमबहादुर कुमालले स्वर्ण जितेका छन् ।

४ सय मिटर दौडमा पनि सहभागी सोमले उक्त स्पर्धामा रजत जितेको नेपाल एथलेटिक्स संघका महासचिव सुनील राजवंशीले जनाएका छन् ।

दुईदिने प्रतियोगितामा सातौं राष्ट्रिय खेलकुदको एथलेटिक्सतर्फ पुरुषमा उत्कृष्ट खेलाडी चुनिएका सोमले मार्च १८ तारिखमा स्वर्ण र मार्च १९ मा रजत जितेका थिए ।

सोम बाहेक प्रतियोगितामा यामसाजन सुनारले पनि प्रतिस्पर्धा गरेका थिए । याम १ सय मिटर दौडमा पाँचौं र २ सय मिटर दौडमा छैटौं स्थानमा रहे ।