August 19, 2017

पुरुषहरुले ध्यान राख्नुपर्छ यी ६ कुरा

काठमाण्डौ, २४ फाल्गुन । कतिपय पुरुष मानिसहरु आफ्ना समस्याहरुलाई लिएर चिन्तित हुँदैनन् । केही सामान्य देखिने समस्याले पनि कालान्तरमा ठूलो समस्या निम्त्याउन सक्छ ।

तसर्थ पुरुषहरुले साधारणजस्तो देखिने समस्यालाई पनि नकार्न हुँदैन । आउनुहोस् सामान्य देखिने ६ वटा समस्याका बारे चर्चा गरौं ।

१. स्ट्रेसः कामसँग जोडिएका दबाबले गर्दा डिप्रेशन, एंक्जाइटी र मुटु सम्बन्धी समस्याको कारण बन्न सक्छ ।

२. पिसाबको समस्याः यो एकदमै संवेदनशील समस्या हो । पिसाबमा पोल्ने, बारबार पिसाब लाग्ने, जस्ता कारणले ठूलै समस्या बेहोर्न पर्ने हुन सक्छ ।

३. ढाढ दुःख्ने समस्याः लगातार ढाढ दुःख्नु पनि राम्रो होइन । यसले गर्दा मृगौला पत्थर पनि हुन सक्छ ।

४. मुख गन्हाउनेः आफ्नो मुखको सरसफाइमा ध्यान नराख्ने पुरुषहरुले डायबिटिज, लिभर र किड्नी खराब हुने जस्ता समस्या देखिन्छ ।

५. कमजोरी र थकानः यसको पछि रगतमा आइरनको कमि पनि हुन सक्छ । यसबाट मुटुरोग, थाइरायड जस्ता समस्या हुन सक्छ ।

६. टाउको दुःख्नुः शरीरमा पानीको मात्रा कम हुँदा यस्तो समस्या देखिन्छ । यसले गर्दा मुटु र मस्तिष्कसँग जोडिएका कयौं समस्या हुन सक्छ ।