August 23, 2017

पुरानो एम्बुलेन्स सेक्सको अड्डा

काठमाण्डौ, १६ चैत्र । डेनमार्कको राजधानी कोपनहेगनमा यौनकर्मीहरुले पुरानो एम्बुलेन्सलाई सुरक्षित सेक्सको रुपमा प्रयोग गर्ने गरेका छन् । जुन आइडिया अहिले निकै चर्चित पनि छ ।

यो आइडियालाई डेनमार्कका माइकल लोडबर्डले प्रयोगमा ल्याएका हुन् । किन यो आइडिया प्रयोगमा ल्याएको भन्ने प्रश्नमा माइकलले भने, ‘कतिपय यौनकर्मी आफ्नो धन्दा सडकमा चलाइरहेका छन् । तिनीहरु अवैध वेश्यालयको खर्च वहन गर्न सक्दैनन् र म त्यस्ता मान्छेलाई सहयोग गर्न चाहन्छु ।’

यो पुरानो एम्बुलेन्सलाई सेक्सलेन्सको नामले पनि चिनिन्छ, जहाँ यौनकर्मीहरु सेक्सका लागि सुरक्षित स्थान मान्छन् । यौनकर्मीहरु आफ्नो ग्राहकलाई लिएर जान सक्छन् । त्यहाँ कुनै गडबड नहोस् भन्नका लागि आसपास अरु मानिसहरु पनि हुने गर्दछन् ।

‘डेनिश नेशनल सेन्टर फर सोशल रिसर्च’ को तथ्याङ्क अनुसार, ४५ प्रतिशत यौनकर्मी संकटमा हुने गर्दछन् । त्यसले गर्दा पनि पुरानो एम्बुलेन्स तिनका लागि उपयुक्त गन्तव्य भएको छ ।

उक्त एम्बुलेन्समा अरु सुविधाहरु पनि छन् । सेक्सपछि सफाईको लागि वाइपरको पनि व्यवस्था रहेको छ । त्यस्तै कन्डम र हिटरको सुविधा पनि रहेको छ । सबैभन्दा अचम्मको कुरा के छ भने, उक्त एम्बुलेन्समा सेक्स गरेको कुनै रकम लाग्दैन ।