पुरातात्विक सम्पदाको पुनर्निर्माण ठेक्कामा दिएकोमा बिरोध

काठमाण्डौं, २८ माघ । भूकम्पद्वारा क्षतिग्रस्त पुरातात्विक सम्पदाको पुनर्निर्माण ठेक्कामा दिने निर्णयको स्थानियले बिरोध गरेका छन ।
काठमाडौंमा शुक्रबार भएको कार्यक्रमका सहभागी स्थानीय बासिन्दाले पुरातत्व विभाग र पुनर्निर्माण प्राधिकरणले पुरातात्विक सम्पदाको पुनर्निर्माण ठेक्कामा दिन लागेको भन्दै आपत्ति जनाएका हुन् ।
सम्पदाहरुको निर्माण ठेकेदारमार्फत बनाउदा पुरातात्विक तथा ऐतिहासिक महत्व हराएर जाने उनीहरूले बताए ।
विश्वसम्पदा सूचीमा सुचिकृत ऐतिहासिक सम्पदाहरुको पुनर्निर्माणको मापदण्ड र शैली निक्र्याेल नहुंदा पुरातात्विक महत्वका सामान नष्ट हुने खतरा बढेको उनीहरूको भनाइ छ ।

स्थानीय बासिन्दाले महत्वपूर्ण सम्पदाहरुको मर्मत तथा पुनर्निर्माण स्थानीयको सहभागितामा हुनुपर्ने माग गरेका छन् ।