September 26, 2017

पुन: निर्माणकाे कार्य स्थानीय सरकार मार्फत अघि बढाउन दाताहरुकाे अर्थमन्त्रीलाई सुझाव

काठमाण्डाै, ९ साउन । अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आर्थीक संबृद्धि प्राप्तीनै नै सरकारको मुख्य एजेण्डा भएको बताएका छन ।
साझेदार संघ संस्थाका प्रतिनिधीहरुसंग अर्थमन्त्रालयले सोमबार सिंहदरबारमा गरेको छलफलमा उनले स्थानीय तहमा आर्थीक क्रियाकालाप बढोत्तरी र आर्थिक बृद्धिकालागि विकास साझेदारहरुबाट सहयोगको अपेक्षा गरिएकाे बताए ।

स्थानीय सरकारलाइ कार्यक्रमको निर्माण र कार्यक्रम कार्यन्वयमा सक्षम बनाउनु अहिलेको आवश्यकता रहेकाे मन्त्री कार्कोको भनाइ थियो । छलफलमा नेपालका विकासमा सहयोग पुर्याउदै आएका अन्तराष्ट्रिय दाता समुदाय एव विकास साझेदारहरुले संघियता ब्यवस्थापनका लागि स्थानीय सरकाकारको क्षमता विकासमा जोड दिएका थिए ।

साझेदार संघ संस्थाका प्रतिनिधीहरुले स्थानीय सरकारको क्षमता विकास, पुजीको निर्माण र खर्चको गुणस्तरमा ध्यान पुर्याउन पनि सुझाब दिएका छन । पुन: निर्माणमा भएको ढिलाइ प्रति चिन्ता ब्यक्त गर्दै उनीहरुले पुन निर्माण कार्य छिटो सम्पन्न गर्न स्थानीय सरकार मार्फत कार्य आगाडी बढाउनु पर्ने सुझाब दिएका थिए ।