June 28, 2017

पुनर्संरचना आयोगका सदस्य सुनिल रञ्जन सिंहद्वारा राजिनामा

काठमाण्डौ, २३ फाल्गुन । स्थानीय तह पुनर्संरचना आयोगका सदस्य सुनिल रञ्जन सिंहले राजिनामा दिएका छन् ।

उनले स्थानीय विकासमन्त्रीमार्फत प्रधानमन्त्रीसमक्ष राजिनामा पत्र बुझाएका हुन ।

सिंहले आयोग कायमै रहँदा रहँदै आयोगलाई जानकरी नदीई सरकारले गठन गरेको कार्यदलको प्रतिवेदन लगायतका कार्यले संवैधानिक अधिकारमाथि नै हनन् भएको बताएका छन् ।

सरकारले आयोगको सिफारिस समयमै लागू नगरेका कारण विशेष, संरक्षित र स्वायत्त क्षेत्रको संख्या र सीमा निर्धारण हुन नसकेको र आयोगलाई पन्छाएर संख्या बढाएको उनको आरोप छ ।

सरकारले आयोगको सिफारिसलाई संशोधन गर्दै स्थानीय तहको संख्या ७४४ बनाउने निर्णय गरेकै भोलिपल्ट सिंहले प्रधानमन्त्री समक्ष राजिनामा दिएका हुन् ।

सरकारले आइतबार मात्र स्थानीय तहको संख्या ७१९ बाट बढाएर ७४४ बनाएको थियो ।