June 26, 2017

पुनर्निर्माणका लागि सिभिल इन्जिनियरका विद्यार्थिसंग सरकारको गुहार

२७ माघ, काठमाण्डौ । स्थानीय विकास मन्त्री हितराज पाण्डेले भूकम्प पीडितहरुको घर पुनर्निर्माणमा सिभिल इन्जिनियरका विद्यार्थिहरुलाई सहयोग गर्न आग्रह गरेका छन् ।

बिहिबारबाट पुल्चोक इन्जिनियरिङ कलेजमा आयोजना भएको ८ औँ राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनीमा सहभागि हुदै मन्त्री पाण्डेले भुकम्पबाट भत्किएका घर पुनर्निर्माणका लागि सिभिल इन्जिनियरिङका विद्यार्थिहरुलाई सहयोग गर्न आग्रह गरेका छन् । उनले नेपालका दक्ष युवाहरु नेपालमै परिचालन हुन सके मुलुक आर्थिक समृद्धितर्फ जाने धारणा पनि राखेका छन् ।

३ दिन सम्म चल्ने उक्त प्रदर्शनीमा विभिन्न इन्जिनियरिङ कलेजहरु सहभागी भएका छन् । प्रदर्शनीमा विद्यार्थिहरुले अहिलेको मुलुकको विद्यमान समस्याहरु लाई मध्येनजर गर्दै हाइड्रोपावर, मेट्रोरेल, मल्टि पार्किङ भवन लगायतका सम्भावयताका मोडलहरु राखेका छन् । त्यस्तै प्रदर्शनिमा भूकम्प प्रतिरोधात्मक भवनहरुको डिजाइन पनि राखिएको छ ।

विद्यार्थीको क्षमताको बृद्धि र विकासका लागि सिभिल इन्जिनियरिङ स्टुडेन्ट नेपालले विगत ८ वर्षदेखि निरन्तर प्रदर्शनी गर्दै आइरहेको छ ।