August 21, 2017

पुनर्निमाण प्राधिकरणकाे सुस्त शैलीबाट प्रवक्ता नै असन्तृष्ट

काठमाण्डौ,१२ वैशाख । राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रवक्ता यमलाल भुषालले ४० प्रतिसत भूकम्पपीडितले घर बनाइसकेकाे बताएका छन ।

हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै पुनर्निमाण प्राधिकरणका प्रवक्ता भुषालले बाँकी भूकम्पपीडितका घर पनि चाडै बनिसक्ने बताए ।   यद्धपी उनले प्राधिकरणले सोचे अनुसारकाे काम भने गर्न नसकेकाे स्वीकार गरे । उनले भने – ‘आगामी दिनमा विगतको समीक्षा गर्दै, कमि कमजोरीलाई  सच्याउदै पुननिर्माणलाई गति दिने दिइनेछ ‘

भूकम्पपीडितहरुले प्राधिकरणले प्रस्तुत गरेका १७ वटा मोडेलमा घर निर्माण गर्न सकिने प्रवक्ता भुसालले बताए । भुषालले भने –’ सरकारी कामकाजको प्रक्रृयाले गर्दा पनि ढिलाई भइरहेकाे छ तर सरकारले  दिएको समयावधिभित्र प्राधिकरणले काम सक्ने छ।’

२०७२ साल वैशाख १२ गते गएको शक्तिशााली भूकम्पमा परी झण्डै ९ हजार मानिसको मृत्यु भएकाे थियो भने हजाराै‌ घाइते भएका थिए । भूकम्पले  कयौं अंगभंग भए भने भौतिक संरचनाहरु खण्डहरमा परिणत भएका थिए । विनाशकारी भूकम्प गएको दुई वर्ष पूरा हुँदा पनि कतिपय पीडितहरु अझै टहरामै बस्न बाध्य छन् । (भिडियो सहित )