April 26, 2017

पुजारा टेस्टको एक इनिङमा ५ सय बल सामना गर्ने प्रथम भारतीय खेलाडी

काठमाण्डौ, ६ चैत्र । भारतीय ब्याट्सम्यान चेतेश्वर पुजारा टेस्टको एक इनिङमा ५ सय बलको सामना गर्ने प्रथम भारतीय ब्याट्सम्यान बनेका छन् ।

अष्ट्रेलिया विरुद्ध ब्याटिङ गरेका पुजाराले ५ सय २५ बलको सामना गर्दै २ सय २ रन बनाएका हुन् । यो उनको टेस्ट करियसको तेस्रो दोहोरो शतक पनि हो ।

पुजाराले १० घण्टाभन्दा बढि सयम क्रिजमा बिताएका थिए । यसअघि टेस्टको एक इनिङमा भारतबाट राहुल द्रविडले ४ सय ९५ बलको सामना गरेका थिए ।

योसँगै पुजारा र राहुल द्रविड भारतबाट टेस्टको एक इनिङमा सर्वाधिक बलको सामना गर्ने भारतीय ब्याट्सम्यान बनेका छन् ।