August 22, 2017

पिंकाथन दौड प्रतियोगिताको उपाधि कान्छीमायालाई

काठमाण्डौ, १३ फाल्गुन । काठमाडौमा भएको पिंकाथन दौड प्रतियोगिताको उपाधि २१ किलोमिटर तर्फ कान्छीमाया कोजुले जितेकी छिन् ।

शुक्रकार बिहान भएको दौडमा हाफ म्याराथनतर्फको दूरी एक घण्टा १८ मिनेट २८ सेकेण्डमा पूरा गर्दै कान्छीमायाले उपाधि जितेकी हुन् ।

एक घण्टा २२ मिनेट ४५ सेकेण्डमा पूरा गर्दै रेसु बस्नेत दोस्रो स्थानमा आइन् ।

यस्तै ५ किलोमिटरतर्फ सुमित्रा र १० किलोमिटर दौड तर्फ सरिता बसीले उपाधि जितेकी हुन् ।

महिला सशक्तिकरण र स्तन क्यान्सरबारे जनचेतना जगाउन काठमाडौमा पहिलो पटक पिंकाथन दौडको आयोजना गरिएको जानकारी दिइएको छ ।