October 22, 2017

पारस खड्का सद्भावना दूतमा नियुक्त

काठमाडौं, १८ फाल्गुन । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का राष्ट्रिय स्वयंसेवक नेपालको सद्भावना दूतका रुपमा नियुक्त भएका छन् ।

बुधबार राष्ट्रिय पुननिर्माण प्राधिकरणको कार्यालयमा भएको कार्यक्रममा खड्कालाई सद्भावना दूतका रुपमा नियुक्त गरिएको हो ।

राष्ट्रिय स्वयंसेवक नेपाल गत वि.सं. २०७२ सालको महाभूकम्पपछि हिमालयन क्लाइमेट इनिसिएटिभ(एच.सि.इ ) र नेपाल सरकारद्वारा संयुक्त रुपमा गठित नेपालका स्वयंसेवकहरको आधिकारिक सञ्जाल हो ।

सद्भावना दूतको रुपमा क्रिकेट कप्तान पारसले देशभरबाट एक लाख राष्ट्रिय स्वयंसेवकहरुको संजाल विस्तार गर्ने र ती मध्ये २० हजार प्रतिवद्ध स्वयंसेवकहरुलाई कुनै पनि बेला सक्रिय रहन मद्दत पुर्‍याउने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलले देशको पहिलो आवश्यकक्ता पुनर्निर्माण भएकाले समाज सेवा गर्ने भावना बोेकेका युवाहरुलाई पुनर्निर्माणमा जुट्न आग्रह गर्नुभयो ।