पारस खड्का इमर्जिङ कप नखेल्ने

काठमाण्डौ, ३० फाल्गुन । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले इमर्जिङ टिम्स एसिया कप क्रिकेट नखेल्ने भएका छन् ।

बंगलादेशमा हुने इमर्जिङ टिम्स एसिया कप नखेल्ने उनले टिमलाई जानकारी गराएका छन् ।

उनको केही साता अघि मात्र एपेन्डिक्सको शल्यक्रिया गरिएको थियो । उनले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्याविरुद्धको दुबै खेल पनि खेलेनन् ।