October 22, 2017

पाण्डे र पाठनको अर्धशतकको मद्दतमा कोलकात्ताको दिल्लीमाथि ४ विकेटको जित

काठमाण्डौ, ४ वैशाख । आईपिएल अन्तर्गत आज भएको पहिलो खेलमा कोलकात्ता नाइट राइडर्सले दिल्ली डेयरडेभिल्सलाई ४ विकेटले हराएको छ ।

मनिस पाण्डेको ४९ बलमा ६९ रन र युसुफ पाठनको ३९ बलमा ५९ रनको मद्दतमा कोलकात्ताले दिल्लीमाथि जित हासिल गरेको हो ।

पहिले ब्याटिङ गरेके दिल्लीका लागि सन्जु सामसन र रिसभ पन्तले क्रमशः ३९ र ३८ रनको पारी खेले । दिल्लीबाट नाथन कौल्टर–नाइलले ३ विकेट लिए । अर्धशतकीय पारीसँगै ‘ओरेन्ज क्याप’ पाण्डेको नाममा रहेको छ ।

दोस्रो खेल अन्तर्गत अहिले सनराइज हैदराबाद र किंग्स इलावेन पञ्जाब भिड्दैछन् ।