November 17, 2017

पाकिस्तानमा प्रहरी कारवाहीमा ३९ आक्रमणकारी मारिए

 

काठमाण्डौ ५ फाल्गुन ।

पाकिस्तानमा प्रहरीको पछिल्लो कारवाहीमा ३९ संदिग्ध आक्रमणकारी मारिएका छन् ।
दक्षिण पाकिस्तानको सिन्धुस्थित एक धार्मिक स्थलमा आत्मघाती विस्फोटमा ७५ जना मारिएपछि प्रहरीले गरेको कारवाहीमा शंकास्पद ३९ जना मारिएका हुन् । त्यस्तै ४७ जनालाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।

प्रहरीले विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा बनाएको छ भने सुरक्षाको कारण देखाउ“दै अफगास्तिानतर्फको सीमा बन्द गरिएको छ । दुई वर्षयताकै ठूलो आत्मघाती हमला भएको भन्दै सिन्धु प्रान्तमा ३ दिन शोक घोषणा गरिएको छ । (एजेन्सी)