पाकिस्तानमा पाँच क्रिकेटरलाई देश छाडन प्रतिबन्ध, स्पट फिक्सिङको मुद्दा थप जटिल बन्दै 

काठमाण्डौ ९ चैत्र । पाकिस्तानले स्पट फिक्सिङको मुद्दामा फसेका पाँच आरोपी क्रिकेटरलाई देश छोड्न प्रतिबन्ध लगाएको छ ।

पाकिस्तान क्रिकेट बोर्ड(पिसिबी) ले केही समय अगाडि मात्र सम्पन्न पाकिस्तान सुपर लिगमा भ्रष्टाचार विरोधी कानुनको उल्लघन गरेको आरोपमा सार्जिल खान, खालिद लतिफ, मोहम्मद इरफान, साहवेब हसन र नसिर जमशेदलाई क्रिकेटको तीनवटै फरम्याटमा खेल्न प्रतिबन्ध लगाएको थियो । अस्थाई रुपमा लागेको निलम्बनपछि पाकिस्तान सरकारले यी ५ खेलाडीलाई देश छोडेर विदेश जान प्रतिबन्ध लगाएको हो ।