पाकिस्तानमा पक्राउ परेका भारतीय सेनाका पूर्व कर्नेललाई मृत्युदण्ड

काठमाण्डौ, २९ चैत्र । पाकिस्तानमा जासुसी गरेको आरोपमा पक्राउ परेका भारतीय सेनाका कर्नेल कुलभुषण जादवलाई पाकिस्तानको सैनिक अदालतले मृत्युदण्डको फैसला सुनाएको छ ।

पाकिस्तानको आन्दोलित प्रदेश बालोचिस्तानको मस्केल इलाकाबाट पक्राउ परेका भारतीय सेनाका पूर्व कर्नेललाई भारतीय गुप्तचर संस्था ‘रअ’का लागि काम गरेको तथा विखण्डनवादी क्रियाकलाप संग्लग्न भएको आरोपमा उनलाई मृत्युदण्डको फैसला सुनएको पकिस्तानको सञ्चारमाध्यमले जनाएको छ ।

भारतले भने जादव ‘रअ’का लागि काम गर्थे भन्ने कुराको खण्डन गरेको थियो । भारतको परराष्ट्र मन्त्रालयका अनुसार जादव भारतीय सेनाका अधिकृत हुन् तर केही वर्षअघि नै उनले राजीनामा दिएको बताएको छ । उनी वैदेशिक व्यापारमा संग्लग्न रहेको भारतीय पक्षको दाबी छ ।

भारतले भने जादव कसरी पाकिस्तान पुगे भन्ने कुरा आफूलाई जानकारी नभएको बताएको छ । उनलाई पाकिस्तानी जासुसी संस्था ‘आइएसआइ’ले अपहरण गरेर पाकिस्तान पुर्याएको हुनसक्ने भारतीय पक्षको अनुमान छ । एजैनसी