October 24, 2017

पाकिस्तानको उत्तरपश्चिमी शहरमा बम बिस्फोट २२ को मृत्यु, ७० घाइते

काठमाण्डौ, १८ चैत्र । पाकिस्तानको उत्तरपश्चिमी शहर पराचिनरमा बम बिस्फोट हुँदा कम्तिमा २२ को मृत्यु र ७० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

शुक्रबारको दिन शिया मस्क्यु भन्ने ठाउँमा धेरै मानिसहरु प्रार्थनाको लागि भेला भएको बेलामा बिस्फोट भएको थियो । यद्यपि याे घटना कसले घटाएकाे हाे अहिलेसम्म खुल्न सकेकाे छैन ।

अघिल्लो महिनामा पनि पकिस्तानको दक्षिणी क्षेत्रमा आइएसले गराएको बम विस्फोटमा परी ८० जनाले ज्यान गुमाएका थिए ।