August 21, 2017

पाँचखालमा सञ्चालन भएको १५ दिने संयुक्त सैन्य लातिम सम्पन्न

काठमाण्डौ, २१ चैत्र । काभ्रेको पाँचखालमा सञ्चालन भएको २९ देशको संयुक्त सैन्य तालिम सम्पन्न भएको छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा विश्व शान्ति स्थापनाकार्यमा परिचालित नेपाली सेना र अमेरिकी सेनाको प्यासिफिक कमान्डको सहआयोजनामा गत चैत ७ गतेदेखि सुरु भएको थियो ।

तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली सेनाका प्रधानसेनापति राजेन्द्रबहादुर क्षत्रीले यस प्रकारको तालिमले विश्वमा शान्ति स्थापनाकार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा खटिने सेनाबीच सहकार्य र एकताको प्रयासस्वरुप उक्त अभ्यासको आयोजना गरिएको हो ।

तालिममा शान्ति स्थापनाकार्यमा परिचालन हुँदा चुनौतीको सामना गर्न स्थलगत र उच्चतहमा रहन बहन गर्नुपर्ने जिम्मेवारीकाबारेमा टेबुल अभ्यास भएको थियो ।

विभिन्न ६ लेन बनाइ आयोजना गरिएको तालिममा नेपालसहित विश्वका विभिन्न देशका विज्ञहरुसहित २९ मुलुकका ११ सय ३१ जना सैनिक सहभागी थिए ।