October 18, 2017

पसिना गन्हाउँछ यसो गर्नुस्–

काठमाण्डौ, २४ चैत्र । गर्मीमा मौसमको साथै हाम्रो शरीरको तापक्रम पनि बढ्ने गर्दछ । तापमानको मात्रालाई नियन्त्रित गर्नको लागि हाम्रो शरीरबाट पसिना निक्लने गर्दछ ।

यद्दपि पसिना निक्लनु शरीरको लागि राम्रो पनि हो । किनकि यसले शरीरलाई गर्मी हुनबाट बचाउँछ र शरीरमा भएका नराम्रा तत्वलाई बाहिर निकाल्न मद्दत गर्दछ ।
तर हामीमध्ये धेरैको गन्हाउने पसिना निक्लनु पनि शरीरको लागि राम्रो मानिदैंन । यसर्थ यसलाई नियन्त्रणमा राख्नुपर्छ ।

– नुहाउँदा सधैं शरीरमा रौं आउने भागहरुको राम्ररी सफा राख्ने
– नुहाउँदा बासनादार आयुर्वेदिक साबुनको प्रयाग गर्ने
– नुहाउने पनि सफाको साथै उक्त पानीमा तुलसीको पत्ता पनि मिसाउन सकिन्छ
– नुहाइसकेपछि यस्तो पाउडरको प्रयाेग गर्नुहोस् जसले पसिना आउन नियन्त्रण गरोस्
– बाहिर गएर आइसकेपछि त्यो लुगा पसिनाले भिजेको हुन्छ यो कुरामा पनि ध्यान दिनुपर्छ
– आफूलाई मनपर्ने अत्तरको प्रयाेग पनि गर्न सकिन्छ