June 23, 2017

पश्चिमका नेपाल–भारत सीमा नाका बन्द

१ फल्गुण, कञ्चनपुर । भारतको उत्तराखण्ड र उत्तर प्रदेश राज्यसँग जोडिएका पश्चिमका सीमा नाका बन्द गरिएका छन् ।

उत्तराखण्ड र उत्तर प्रदेश राज्यमा हुन लागेको विधानसभाको निर्वाचनलाई लक्षित गर्दै ४८ घण्टाका लागि सीमा नाका बन्द भएका हुन् । भारतसँग जोडिएका सिमा नाकाहरु गड्डाचौकी र ब्रह्मदेव नाका आईतबार साँझ ५ बजेदेखि र दोधारा चाँदनी र बेलौरी नाका सोमबार बिहान ५ बजेदेखि बन्द गरिएका हुन् ।

त्रिभुवन बस्ती र बेल्डाँडी नाका ३ गते साँझ ५ बजेबाट बन्द हुने र सबै नाका ४ गते साँझ ६ बजे खुल्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले जानकारी दिएका छन् ।

चुनावका बेला सीमा क्षेत्रबाट घुसपैठ हुन नदिन अन्तर्राष्ट्रिय सीमाहरु बन्द गर्ने विश्वव्यापी प्रचलन छ ।