पशुपतिमा तीजकाे तयारी पुरा (यस्ता छन सुविधा)

काठमाण्डौ ७ भदाै । पशुपति क्षेत्र विकास कोषले हरितालिका तीजमा पशुपतिनाथ मन्दिर दर्शन गर्नका लागी सबै व्यवस्थापनको तयारी पुरा भएको जनाएको छ ।
कोषले बुधबार पशुपतिमा पत्रकार सम्मेलन गर्दे सुरक्षा व्यवस्थादेखि, स्वास्थ्य सेवासम्मका तयारी पुरा भएको जनाएको हो । तीजका अबसरमा बिहीबार बिहान ३ बजेदेखि राति ८ बजेसम्म पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

दर्शनार्थीहरुको सुरक्षाका लागि १५ ओटा सीसीटीभी जडान गरिएको छ । दर्शनार्थीहरु पंक्तिबद्ध भएको लाइनबाटसमेत प्रत्यक्ष अवलोकन गर्नसक्ने गरी व्यवस्था मिलाइने पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले बताए ।

बिहान लाइन बसेका दर्शनार्थीले ४५ मिनेटदेखि १ घन्टामा दर्शन गर्न पाउने र त्यसपछि २ घन्टासम्म लाग्ने ढकालले जानकारी दिए ।
सवारी–साधनको पार्किङका लागि पाँच स्थान तोकिएको छ । स्वास्थ्य उपकरण, आरक्षित बेड र एम्बुलेन्ससमेतको व्यवस्था हुने कोषले जनाएको छ ।