October 22, 2017

पर्यटन विकासको लागि सबैको सहभागिता आवश्यक–राज्यमन्त्री तामाङ

काठमाण्डौ, २७ चैत्र । संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री परशुराम तामाङ्ले नेपालमा पर्यटनको विकासको लागि सबैको सहभागिता आवश्यक रहेको बताएका छन् ।

आइतबार काठमाण्डाै आयोजित कार्यक्रममा राज्यमन्त्री तामाङले नेपालको कला संस्कृति, प्राकृतिक सम्पदा, धार्मिक स्थल लगायतको विषेशताका बारेमा अन्तर्राष्ट्रिय जगतमा बुझाउनसके पर्यटकको संख्यामा बृद्धि हुने बताए ।

उनले नेपालमा ट्रेकिङको सम्भावना प्रचुर मात्रामा रहेको बताउँदै यसको जानकारी वेवसाइडमा राखी नेपालीको दिगो आर्थिक विकासमा लाग्नुपर्ने बताए ।

गैर आवासीय नेपालीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा अतिथि देवो भवः नामक नमस्ते अभियान सुरु गरिएको छ ।  कार्यक्रममा उक्त अभियानको वेवसाइटको समेत शुभारम्भ गरिएको छ ।