August 17, 2017

पर्यटन मन्त्री गिरी डिस्चार्ज

काठमाण्डौ, २१ चैत्र । निमोनियाबाट ग्रसित संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री  दिलनाथ गिरी पूर्ण स्वस्थ भएपछि ओम अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उपचारमा संलग्न ओम अस्पतालका छाती रोग विशेषज्ञ डा. सुवोध सागर ढकालका अनुसार मन्त्री गिरीलाई ‘कम्युनिटी अक्वायर्ड निमोनिया’ भएको थियो । एक हप्ताको उपचारपछि मन्त्री गिरी पूर्णरुपमा स्वस्थ भएका हुन् ।

डिस्चार्ज हुनु अघि मन्त्री गिरीले उपचारमा संलग्न डाक्टर गथा नर्सहरुलाई आफू उपचारबाट सन्तुष्ट भएको भन्दै धन्यवाद पनि दिएका थिए ।

मन्त्री गिरी स्वास्थ्यमा समस्या आएपछि चैत्र १५ गते ओम अस्पतालमा भर्ना भएका थिए ।