परिमार्जन सहित संशोधन प्रस्ताव पारित हुनुपर्छ –राजेन्द्र महत्तो

काठमाण्डौ, १२ फाल्गुन । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तोले परिमार्जन सहित संशोधन प्रस्ताव पारित हुनुपर्ने बताएका छन् ।

संशोधन विधेयक सदनमा पेश गर्नु ठूलो कुरा नभएको भन्दै उनले यसको परिमार्जनको खाचो रहेको बताएका छन् ।

गजेन्द्र नारायण सिंह लोक कल्याणकारी प्रतिष्ठानले नेपालका लागि भारतीय राजदुत रञ्जित रे लाई बिदाई गर्न आयोजना गरेको कार्यक्रममा महत्तोले अहिलेको संशोधन प्रस्तावले मधेशी जनताको अधिकार स्थापित नहुने भन्दै सहमतिमा नै परिमार्जन हुनुपर्नेमा जोड दिएका छन् । संशोधन, निर्वाचन लगाएतका बिषयमा शिर्षदलहरु एक हुनुपर्ने उनको भनाई छ ।

राजदुत रेले नेपाल र भारत असल छिमेकी भएको भन्दै दुई देशको सम्बन्ध सुधारमा आफ्नो भूमिका सदैव सकारात्मक हुने धारणा राखेका छन् ।

कार्यक्रमका सहभागीहरुले राजदूत रेले नेपाल भारत सम्बन्ध सुधारको लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रसंसा गरेका थिए ।