October 17, 2017

परराष्ट्रमन्त्री आज भारत जाँदै

परराष्ट्रमन्त्री प्रकाशशरण महत भूराजनीति सम्बन्धि एक सम्मेलनमा भाग लिन आज भारत जाँदै हुनुहुन्छ ।

माघ ३ काठमाडौं । भारतीय विदेश मन्त्रालयले कार्यतालिका सार्वजनिक गरेर महतको भ्रमणलाई औपचारिकता प्रदान गरेको छ । अमेरिकाको एक कार्यक्रममा सहभागी भएर महत आज साँझ दिल्ली पुग्नुहुनेछ ।

भारतीय विदेश मन्त्रालय र भारत सरकार नजिक रहेको थिङट्याङक अब्जरभर रिसर्च फाउन्डेसनले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा भाग लिन महत दिल्ली जान लाग्नु भएको हो । भारतीय विदेश मन्त्रालयले जनवरी १६ देखि १८ सम्म महतको भ्रमण कार्यतालिक रहेको जनाएको छ । सो सम्मेलनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि उद्घाटन गर्ने कार्यक्रम छ ।

सो सम्मेलनमा ६० भन्दा बढी देशका प्रतिनिधिहरुको सहभागिता रहने छ ।