August 23, 2017

पत्रकार साहारा कोषमा सहयोग गर्न महासंघ झापाको आव्हान

झापा, २५  चैत्र । नेपाल पत्रकार महासंघ झापा शाखा अन्तर्गत पत्रकार साहारा उपचार कोषले सदस्यता ग्रहणका लागि महासंघ आबद्ध सबै झापाली पत्रकारहरुलाई आव्हान गरेको छ ।
कोषले निर्धारण गरको न्यु्नतम सदस्यता शुल्क बुझाएर उपचार कोषको सदस्यता लिन पत्रकार महासंघ झापामा आबद्ध सबै पत्रकार लाई आव्हान गरिएको हो । उपचार कोषका संयोजक एकराज गिरीको अध्यक्षतामा बसेको बैठकले नेपाल पत्रकार महासंघका सहसचिव समेत रहेका कोषका सदस्य केशव भट्टराईलाई सदस्य सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ । यस्तै बैठकले कोषको रकम वृद्धिका लागि संम्भाव्यता अध्ययन गर्ने र आवश्यक पत्राचार गर्ने निर्णय गरेको कोषका सदस्य विनोद सापकोटाले बताए । पत्रकार महासंघ झापा शाखाले यसै बर्ष स्थापना गरको पत्रकार साहारा उपचार कोषमा हाल सम्म ९ लाख रुपैयाँ जम्मा भईसकेको छ ।
झापाका पत्रकारहरु घाईते अर्थात बिरामी भएका बखत उपचारमा सहयोग गर्ने उद्देश्यले पत्रकार महासंघ झापाले यो कोषको स्थापना गरेको हो । कोषको रकम अभिवृद्धीका लागि सवै संचारकर्मी व्यवसायी, सामाजिक संघ संस्था एवं व्यवसायीक प्रतिष्ठानलाइ समेत आव्हान गर्ने बैठकले निर्णय गरको छ ।