October 24, 2017

पत्रकार महासंघ बर्दिया शाखाको अध्यक्षमा धिताल

बर्दिया २१ फाल्गुन । नेपाल पत्रकार महासंघ बर्दिया शाखाको ११ औँ जिल्ला अधिवेशनले राजेन्द्रप्रसाद धिताललाई अध्यक्षतामा निर्विरोध चयन गरेको छ ।
अधिवेसनबाट उपाध्यक्षमा यादव आचार्य, महिला उपाध्यक्षमा मेनका चौधरी, सचिवमा भावुक योगी, सहसचिव विष्णु अधिकारी र प्रभु चौधरी एवं कोषाध्यक्षमा दिपक शर्मा निर्विरोध भए ।
यसैगरी सदस्यहरुमा सन्तोष पौडेल, लक्ष्मण ढुंगाना, सितल थापा, दुर्गा आचार्य, दिपक श्रेष्ठ, कुशम बिक, ताराबहादुर सुनार, भिमउचै ठकुरी र सन्दिप कुमार बैश्य चयन भएका छन ।
अधिवेशनले केन्द्रिय पार्षदमा युवराज श्रेष्ठ, बद्री सिग्देल, कृष्णप्रसाद बस्याल (राकेश), बिनयराज भण्डारी, मेघराज सिग्देल, निर्मल घिमिरे, सुशिला गिरी, गिता अधिकारीलाई चयन गरेको छ ।
यस्तै अबिधेसनबाट प्रदेश पार्षदहरुमा कमल पन्थि, यज्ञ नेपाल, हरीबंश पाण्डे, मंगलराम चौधरी, अर्जुन आचार्य, यमनाथ घिमिरे, ज्योती पन्थि, बिबेकराज भण्डारी, संजय आचार्य र दिनेश यादव चयन भएका छन ।
विहान १० बजेका लागि बोलाईएको अधिवेशनमा दिउसो २ बजेसम्म पनि बर्दिया शाखाका अध्यक्ष मिनराज शर्मा उपस्थित नभएपछी केन्द्रिय प्रतिनिधीको रोहबरमा नेपाल पत्रकार महासंघ बर्दिया शाखाका उपाध्यक्ष भावुक योगीको सभापतित्वमा अधिवेसन सम्पन्न गरिएको थियो ।