August 20, 2017

पत्रकारिता पेशा संकटमा

विजय राई
धनकुटा ८ फाल्गुन । नेपाली पत्रकारिता पछिल्लो समय संकटमा परेको धनकुटा आयोजित एक कार्यक्रमका सहभागिले बताएका छन् ।
आइतबार नेपाल पत्रकार महासंघ धनकुटा शाखाको १० औं अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी वक्ताहरुले पत्रकारितामा दिनानु दिन आकर्षण घटदै गएको बताएका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रकाश तिम्सिनाले संविधानको पूर्ण कार्यन्वयन नभए सम्म प्रेस संकटमा पर्ने बताए । सांसद मनोहर नारायण श्रेष्ठले नयाँ संविधानले प्रेस स्वतन्त्रताको ग्यारेण्टी गरे पनी अझै पत्रकारिता पेशा जीवनउपयोगि बन्न नसकेको बताए ।
अर्का सांसद अञ्जना ताम्लीले संविधानको कार्यवन्यनको लागि नेपाली नेपाली पत्रकारिता क्षेत्रबाट निरन्तर खबरदारी हुनु सकारात्मक पक्ष भएको बताइन् ।