April 24, 2017

पत्रकारका लागि मेक्सिको असुरक्षित बन्दै, पत्रपत्रिकाले गरे प्रकाशन बन्द

काठमाण्डौ, २१ चैत्र । पत्रकारका विरुद्ध हुने गरेका हिंसाको विरोध गर्दै मेक्सिकोका स्थानीय अखबारहरुले प्रकाशन बन्द गरेका छन् ।

स्थानीय अखबारहरु के भन्छन् भने, हिंसा गर्ने जिम्मेवार व्यक्ति विरुद्ध कारबाही नभएको कारण अखबार छाप्न बन्द गरिएको हो ।

नोर्टे डि सियुडाड जारेजले आफ्नो सम्पादकीयमा आईतबारको संस्करण नै आफ्नो पत्रिकाको अन्तिम संस्करण हुने बताएका छन् । यद्दपि उनले अनलाइन सेवा भने बन्द नहुने बताएका छन् ।

पछिल्लो महिना उक्त अखबारसँग सम्बन्धित एक पत्रकार मिरोस्लावा ब्रीचको गोली हानेर हत्या गरिएको थियो । ब्रीचले संगठित अपराध र राजनेताबीच रहेको सम्बन्धलाई लिएर रिपोर्टिङ गरेका थिए । उनी मार्च महिनामा मारिएका ४ पत्रकाहरुमध्ये एक थिए ।

पत्रकारको सुरक्षा सम्बन्ध कमिटिका अनुसार, सन् १९९२ देखि अहिलेसम्म मेक्सिकोमा पत्रकारिता गरेकै कारण ३५ पत्रकाहरुको हत्या भइसकेको छ । हत्या भएका मध्ये एक चौथाई पत्रकारहरुलाई यातना पनि दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *