August 21, 2017

पञ्जाब पुलिस भन्छ, ‘राखीलाई गिरफ्तार गरेका छैनौं’

काठमाण्डौ, २३ चैत्र । पञ्जाब पुलिसले महर्षि वाल्मिकी माथि अपमानजनक टिप्पणी गरेको भन्दै अभिनेत्री राखी सावन्तलाई गिरफ्तार गरेको खबर गलत भएको बताएको छ ।

यसअघि लुधियानाको एक अदालतले राखीविरुद्ध गैर जमानत वारेन्ट जारी गरेको थियो । लुधियानाका डीसीपी ध्रुमन निम्बले भने, ‘अदालतले वारेन्ट जारी गरेपछि लुधियानाबाट एक पुलिसको टोली थप जानकारीका लागि मुम्बई गएको थियो ।’

उनको घरमा जाँदा राखीलाई नभेटिएको र उनलाई गिरफ्तार नगरिएको डीसीपी निम्बले मिडियालाई बताए ।