August 24, 2017

पक्लिहवा क्याम्पसमा तनाव

भैरहवा, फागुन २० । स्वतन्त्र विद्यार्थि युनियनको निर्वाचनको विषयलाई लिएर भैरहवाको पक्लिहवा स्थित कृषि क्याम्पस पक्लिहवामा तनाव भएको छ ।

फागुन १८ गते हुने स्ववियु निर्वाचन स्थगीत भएपछि क्याम्पस प्रशासन र निर्वाचन कार्यलयले शुक्रबार (फागुन २० गते) विद्यार्थि संगठनहरुसंग छलफल नै नगरी स्ववियु निर्वाचन गर्न थालेपछि संगठनहरुले विरोध गरेका थिए ।

विद्यार्थिहरुको विरोधलाई साम्य पार्न प्रशासनले सयौं प्रहरी क्याम्पस परिसरमा उतारेको छ । प्रहरी दबाब र हस्तेक्ष बढाएर प्रहरीको बन्दुकको नालभित्र गरिने निर्वाचन आफुहरुलाइ स्वीकार्य नहुने भन्दै अनेरास्ववियु, अखिल क्रान्तिकारी विप्लप, अखिल क्रान्तिकारी बैद्य समुह, राप्रविस, मधेसी संयुक्त मोर्चाले विरोध जनाएकाछन् ।

अनेरास्ववियु पक्लिहवा क्याम्पस कमिटी सचिव सन्तोष भारतीले भने “क्याम्पस परिसरभित्र बन्दुक देखाएर गरिने निर्वाचन अनेरास्ववियुलाई स्वीकार्य हुदैंन । यदि प्रशासनले बन्दुकको भरमा निर्वाचन सम्पन्न गरायो भने त्यसको परिणाम गम्भिर हुने पनि चेतावनी दिन चाहन्छौं ।”

विद्यार्थि संगठनहरुले त्रिविका अन्य क्याम्पसमा स्थगीत भएको निर्वाचन जुन मितिमा हुन्छ त्यहि मितिमा गर्न माग समेत गरेका छन् ।

क्याम्पसबाट तत्काल प्रहरी फिर्ता नगरे संगठनहरुले प्रहरी प्रशासन विरुद्ध नै कडा संघर्ष घोषणा गर्ने अनेरास्वियु स्ववियु परिचालन समिती सदस्य चक्र बहादुर थापाले चेतावनी दिएका छन् ।