पकिस्तानमा पहिलो महिला बैंकको सिइओ

काठमाण्डौ, १६ चैत्र । पाकिस्तानी इतिहासमा पहिलो पटक महिलालाई बैंकको सिइओ (प्रमुख कार्यकारी अधिकारी) बनाइएको छ ।

पाकिस्तानमा रहेका ६ वाणिज्य बैंकमध्ये सीमा कामिल नाम गरेको महिलालाई युनाइटेड बैंक लिमिटेड (युबीएल) को अध्यक्ष बनाइएको हो ।

उनले आउने जुुन महिनादेखि आफ्नो कार्यभार सम्हाल्नेछिन् । अहिले उनी सोही बैंकमा उप–अधिकृतको रुपमा कार्यरत छिन् ।

सीमा कामिल पाकिस्तानको एक प्रमुख बैंकर हुन् जो ३ दशकदेखि यो क्षेत्रमा संलग्न छिन् ।