October 18, 2017

पकिस्तानमा झण्डै दुई दशकपछि जनगणना

काठमाण्डौ, २ चैत्र । एशिया र सार्कको सदस्य राष्ट्र पाकिस्तानमा पहिलोपटक १९ वर्षपछि जनगणना हुँदैछ ।

यद्दपि संविधानको प्रावधान अनुसार हरेक दस–दस वर्षमा जनगणना गर्नुपर्ने हुन्छ । तर राजनीतिक अस्थिरता, आन्तरिक द्वन्द आदि कारणले गर्दा पाकिस्तानमा दुई दशक पछि जनगणना हुन लागेको हो ।

यस जनगणनामा पहिलो पटक तेस्रो लिंगीको जनसंख्या पनि सामेल गरिदैँछ । गत जनवरीमा लाहोरस्थित उच्च अदालतले यसबारे फैसला गरेको थियो ।

यो जनगणना १५ मार्च र २५ मे महिनामा सुरु हुने गरी दुई चरणमा गरिनेछ । यो पाकिस्तानको छैटौं जनगणना हो ।