October 19, 2017

वीरगञ्जमा सर्वोच्चको निर्णयको प्रति जलाइयो

वीरगंज १३ जेठ । वीरगंज उपमहानगरपालिकालाई महानगरपालिका बनाउने सरकारले गरेको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएको विरोधमा आज वीरगंजमा सो निर्णयको प्रतिलिपी जलाईएको छ ।

वीरगंजको घण्टाघरमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय जनता पार्टी नेपाल निकट युवा विद्यार्थीहरुले सर्वोच्च अदालतको प्रतिलिपी जलाउदै वीरगंजको अधिकार खोसिए त्यसको कडा प्रतिरोधमा आफूहरु उत्रिने बताएका थिए ।

कार्यक्रममा राजपाका युवा नेता ओम प्रकाश सर्राफ, ईश्वर यादव, शेष मुन्ना, आनन्द गुप्ता, पन्नालाल पटेल लगायतको सहभागिता रहेको थियो ।