November 17, 2017

कांग्रेसकाे प्रस्ताव नेमकिपाद्वारा अस्वीकार

काठमाण्डौ ६ कार्तिक । नेपाल मजदूर किसान पार्टीले निर्वाचनमा तालमेल गर्ने नेपाली काग्रेसको प्रस्ताव अस्वीकार गरेको छ ।

निर्वाचनमा नेपाली काँग्रेस र नेमकिपा बिच तालमेल गर्नेबारेमा पार्टी सभापति शेरबहादुर देउवाको सन्देश लिएर सोमबार भक्तपुरको कमलविनायकस्थित बिजुक्छे निवास पुगेका काँग्रेस नेता बिमलेन्द्र निधीसंगकाे प्रस्ताव नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले अस्वीकार गरेका हुन ।

अध्यक्ष बिजुक्छे र नेता निधीबिच चुनावी तालमेल गर्नेबारे बिषयमा करिब एक घण्टा छलफल भएको थियो । छलफलकाक्रममा अध्यक्ष बिजुक्छेलाई नेता निधीले आसन्न निर्वाचनमा लोकतान्त्रिक गठबन्धनसंग मिलेर चुनावी तालमेल गर्न आग्रह गरेका थिए ।

वर्ग र सिद्धान्त नमिल्ने गठबन्धनसंग तालमेल नगर्ने र नेमकिपा एक्लै चुनाव लड्ने बताउँदै बिजुक्छेले राम्रो उम्मेदवार दिन र पैसा नबाड्न निधीलाई सुझाव दिएको बताए ।

भेटपछि प्रतिक्रिया दिदै काँग्रेस नेता निधीले नेमकिपासंग निर्वाचनकोबारेमा रहेको धारणा बुझ्न र छलफल गर्न आएको बताए ।
उनले तालमेल भन्दा पनि आ–आफ्नो ठाउँबाट स्वच्छ रुपमा चुनावमा भाग लिनेबारेमा कुराकानी भएको प्रतिक्रिया दिए ।