November 17, 2017

बामगठबन्धनले दुई तिहाई बहुमत सहित ६ वटा प्रदेशमा सरकार बनाउने शंकर पोखरेलकाे दावी

काठमाण्डौ ६ कार्तिक । नेकपा एमालेका नेता शंकर पोखरेलले अागामी निर्वाचनमा बामगठबन्धनले दुई तिहाई बहुमत प्राप्त गर्ने र  ६ वटा प्रदेशमा सरकार बनाउने दावी गरेका छन ।

सोमबार रिपोर्टस क्लकाे अन्तरक्रियामा नेता पोखरेलले  चुनावी तालमेलमा उम्मेद्धवारी दिँदा एमाले र माओवादी केन्द्रवीच खासै विवाद र असन्तुष्टि नदेखिएको भन्दै यसलाई आफूहरुले ठूलो उपलब्धिको रुपमा लिएको बताए ।

उनले भने,‘सहजै रुपमा आफ्ना पँक्तीहरुलाई कन्भिन्स गरेर जाने कुरा जो देखियो, यो ठूलो उपलब्धि हो, ३२ वटा जिल्लामा एकाध ठाउँमा विवाद देखिनु सामान्य कुरा हो।’

उनले हिजो भएको उम्मेद्धवारी मनोनयनदर्तामा दुई वटा पार्टीका उम्मेद्धवारहरु एउटै पार्टीजसरी जानु नै उत्सवमय बन्नु उपलब्धिमुलक भएको टिप्पणी गरे । उनले भने,‘वाम गठबन्धनवीच दाउपेज होईन, विश्वास हुनुपर्छ, त्यो पहिलो चरणको निर्वाचनको उम्मेद्धवारी मनोनयन दर्ताले देखाएको छ।’

पोखरेलले एमाले नेतृत्वको सरकार बन्ने अवसर आए त्यसको नेतृत्व केपी शर्मा ओलीले गर्ने समेत स्पष्ट पारे । उनले भने,‘हाम्रो पार्टीले नेतृत्व लिने अवसर आयो भने ओलीजीले नै गर्नुहुन्छ।’

पोखरेलले पूर्व राजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै भने,‘उनको अभिव्यक्ति नागरिक बन्न प्रयासरत देखिएको छ, राजतन्त्र फर्के आउने छैन, हुन त उनलाई अब नागरिक हुन कष्ट भैरहेको छ।’