November 17, 2017

न्यायप्रणाली छिटो छरितो हुनुपर्ने प्रधानन्याधिसकाे भनाई

पाँचथर ६ कार्तिक । प्रधानन्यायधिस गोपाल पराजुलीले न्याय प्रणाली छिटो, छरितो र सहज बन्नु पर्ने बताएका छन । जिल्ला अदालत पाँचथरको भवन शिलान्यास गर्न फिदिम आईपुगेका पराजुलीलले न्यायधिसले जागिर खानेमात्र नभई जनताको सच्चा सेवक भएर निस्कनु पर्ने धारणा बताए।
विधि र कानुनले चलेको देशमा विकास चाडो हुने गरेकाे पराजुलीको भनाई थियो । जनताहरु अनुहार खुसी हुने गरी कानुनी सेवा दिनु पर्ने बताउदै प्रधानन्यायधिस पराजुलीले न्याय क्षेत्रका कमिकमजोरी सुधारेर लैजानु पर्ने बताए ।