October 17, 2017

नेविसंघको प्रचार प्रसारमा प्राध्यापक

विमल धामी

कञ्चनपुर, फागुन १७ । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकामा रहेको आर्दश बहुमुखी क्याम्पसका प्राध्यापक नेविसंघको तर्फबाट भोट माग्न हिडेका पाईएको छ ।

विधानले प्राध्यापकहरुले भोट माग्न नजाने भने पनि कांग्रेसले चुनाव जित्नका लागि शिक्षकलाई परिचालन गरेको श्रोतको दावि रहेको छ । भानुभक्त पौडेल र प्रयागराज जोशी चुनावी प्रचार प्रसारमा गएको अनेरास्ववियुका शंकर भट्टले बताएका छन् ।

शंकर भट्टले प्राध्यापकहरुको चुनावी प्रचार प्रसारमा गएको फोटो खिच्छु भन्दा उल्टै पौडेल धम्की दिएको आरोप लगाएका छन् । नेविसंघका सचिन कठायतले प्रध्यापकहरु प्रचार प्रसारमा जानु कमजोरी भएको स्वीकार गरेका छन् । प्राध्यापक प्रयाग र भानुभक्तले पनि आफुहरुवाट कमजोरी भएको स्वीकार गरेका छन् ।

यस क्याम्पसमा हुन लागेको चुनावमा २ वटा प्यानल दर्ता भएका छन् जसमध्ये नेविसंघको आफ्नै प्यानल छ भने अर्को अखिल संयुक्त प्यानल चुनावमा उत्रिएको क्याम्पसले जनाएको छ ।