October 20, 2017

‘नेवाः देय् दवु’ को छैटौं राष्ट्रिय महाधिवेशन दाङको घोराहीमा

काठमाण्डौ, ४ चैत्र । नेवारी समुदायको साझा राष्ट्रिय संगठन ‘नेवाः देय् दवु’ को छैटौं राष्ट्रिय महाधिवेशन आगामी वैशाख ८ र ९ गते दाङको घोराहीमा हुने भएको छ ।

‘दवु’ले सोमबार पत्रकार सम्मेलन गर्दै काठमाण्डौमा गर्ने पूर्वनिर्धारित कार्यक्रमलाई घोराहीमा गर्ने निर्णय गरिएको जनाएको हो । महाधिवेशनमा मुलुकका ६४ भन्दा बढि जिल्लाका करिब ६ सय प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ ।

महाधिवेशनले ३५ कार्यसमिति मध्ये अध्यक्ष, उपाध्यक्ष, लगायत प्रत्येक प्रदेशबाट एक एक सदस्य गरी १४ जनाको निर्वाचन गर्ने बताएको छ । पत्रकार सम्मेलनमा दवुका अध्यक्ष नरेश ताम्रकारले महाधिवेशन सफल पार्न आग्रह समेत गरे ।

त्यस्तै निर्वाचनको निष्पक्षताका लागि स्वतन्त्र तीन सदस्यीय एक निर्वाचन आयोग पनि गठन गरिने ‘दवु’ले जनाएको छ ।