June 27, 2017

नेमकिपाको कार्यक्रममा मधेशी मोर्चाको आक्रमण दुई दर्जन कार्यकर्ता पक्राउ

दिनेश शर्मा
राजविराज, २८ माघ । नेपाल मजदुर किसान पार्टीको जनवर्गिय संगठन नेपाल क्रान्तिकारी किसान संघको राजविराजमा आयोजित दोश्रो राष्ट्यि अधिवेशन विथोल्ने क्रममा मधेशी मोर्चाका दुई दर्जन जति नेता कार्यकर्ता पक्राउ परेका छन् ।


शुक्रवार दिउँसो संघको उदघाटन शत्र सुरु हुनै लाग्दा नाराजुलुस सहित उपस्थित भएका मधेशी मोर्चाका कार्यकर्ता कार्यक्रम विथोल्न खोजेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

संघको ब्यानर र झण्डा च्यात्दै मजदुर किसान पार्टीका अध्यक्ष नारायणमा विजुच्छे विरुद्ध नारावाजी गर्न थालेपछि कार्यक्रम स्थलमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।


पक्राउ पर्नेमा राष्ट्यि मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष सतिस कुमार सिंह, सदभावना पार्टीका ३ नं. क्षेत्रीय अध्यक्ष लक्ष्मण यादव, कैलु राम लगायत दुई दर्जन जति नेता कार्यकर्ता छन् ।

पार्टीका अध्यक्ष विजुक्छेले संघिता, संविधान र मधेश विरोधी अभिब्यक्ति दिएको भन्दै विरोध जनाएको मोर्चाका कार्यकर्ताले जनाएका छन् ।
संघको जिल्ला अधिवेशनको उदघाटन सत्रलाई अध्यक्ष नारायणमान विजुक्छेले सम्वोधन गर्ने कार्यक्रम भएपनि अन्तिम समयमा उनी उपस्थित नभएको संघका अध्यक्ष डिल्ली प्रसाद काफ्लेले जानकारी दिए ।
सप्तरीका डिएसपी दान वहादुर कार्कीले कार्यक्रममा झडप हुने सम्भावना वढेपछि दुवैपक्षको सुरक्षालाई मध्यनजर गरी मोर्चाका कार्यकर्तालाई नियन्त्रणमा लिईएको वताएका छन् ।