August 19, 2017

नेपाल हङकङविरुद्ध ७ विकेटले विजयी

काठमाण्डौ, १७ चैत्र । एसिसि इमर्जिङ कपको समुह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित हात पारेको छ ।

बंगलादेशको शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज सम्पन्न खेलमा नेपालले हङकङलाई ७ विकेटले पराजित गरेको हो । २ सय १५ रनको लक्ष्य पाएको नेपालले ४४.२ ओभरमा ३ विकेट गुमाएर जित भेटाएको हो ।

समुह बी मा रहेको नेपाल पाकिस्तानसँग ६ विकेट र बंगलादेशसँग ८३ रनले पराजित भएको थियो । समुह बि को विजेता र उपविजेताले शनिबार समुह ए को विजेता र उपविजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।