October 23, 2017

नेपाल र चीनबीच ‘वान बेल्ट वान रोड’ को अवधारणामा हस्ताक्षर

काठमाण्डौ २९ बैशाख । नेपाल र चीनले ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गरेका छन् ।

आज बिहान परराष्ट्रमन्त्री प्रकाशशरण महतको उपस्थितिमा परराष्ट्र सचिव शंकर दाश बैरागी र नेपालका लागि चिनिया“ राजदूत यु होङले हस्ताक्षर गरे ।

कार्यक्रममा परराष्ट्रमन्त्री महतले यो समझदारी दुई देशको सम्वन्धमा महत्वपूर्ण पाइला भएको धारणा राख्दै  मुलुकमा धेरै ठूलो बैदेशिक लगानीको आवश्यकता रहेकोले यो समझदारीबाट नेपालले लाभ पाउने विश्वास व्यक्त गरे।

मन्त्रिपरिषदको गत  सोमबार बसेको बैठकले चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ अवधारणामा सहमति जनाउदै हस्ताक्षर गर्ने निर्णय गरेको थियो । चिनिया राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा यो अवधारणा अघि सारेका थिए ।