August 19, 2017

नेपाल भारत समस्या सुल्झाउन बसेकाे ईपीजी बैठक निष्कर्षविहिन

काठमाण्डौ, २४ चैत्र । दुईपक्षीय सम्बन्धका सन्धि र सम्झौताको अध्ययन गर्दै सरकारलाई सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को तेस्रो बैठक थप कुनै निष्कर्षमा नपुगेर सकिएकोछ ।

विभिन्न तीन विषयमा छलफल भए पनि विशेष गरी नेपाल–भारत मैत्री सन्धिको समयसांपेक्षे व्यवहारिक नदेखिएको विभिन्न चार धारा परिवर्तन गर्न नेपालले उदाहरणसहितको प्रस्ताव राखेपछि यसमा थप अध्ययन गर्ने भन्दै बिहीबार बैठक समापन भएको छ ।

अर्को बैठक मे २९, ३० र ३१ मा भारतको देहरादुनमा बस्ने बैठकपछि आयोजित पत्रकार स्म्मेलनमा नेपालका संयोजक पूर्व परराष्ट्र मन्त्री भेषबहादुर थापाले जानकारी दिए । बैठकमा १९५० को सन्धि, जलस्रोतसम्बन्धी सन्धि तथा सम्झौता र व्यापार तथा पारवहन सन्धि एवं सम्झौतामा नेपालले चाहेको परिवर्तनमा भारतीय पक्षले थप अध्ययन गर्नुपर्ने धारणा राखेका थिए ।

बैठकमा नेपालको तर्फबाट १९५० को सन्धिमा परिवर्तन गर्न आवश्यक रहेको चार बुँदाहरु प्रस्तुत भएको थियो ।

प्रबुद्ध व्यक्ति समूहका भारतीय पक्षले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका थिए । टोलीले ईपीजी बैठक सकिएलगत्तै परराष्ट्रमन्त्री प्रकाशशरण महतसँग संयुक्त भेटवार्ता गरेका थिए ।