‘नेपाल–ब्रिटेन बिसेन्टेनरी एक्जिविसन (बिआईईएक्स)’ हुने

काठमाण्डौ, २७ चैत्र । नेपाल र बेलायतबीच दौत्य सम्बन्ध स्थापना भएको २ सय वर्षको अवसरमा बबरमहलमा रहेको नेपाल आर्ट काउन्सिलमा ‘नेपाल–ब्रिटेन बिसेन्टेनरी एक्जिविसन (बिआईईएक्स)’ हुने भएको छ ।

अप्रिल १५ बाट ३० तारिखसम्म हुने कार्यक्रमको उद्घाटन परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले गर्ने तय भएको छ । उक्त कार्यक्रमको मुख्य प्रायोजक स्ट्यान्डर्ड च्यार्टेड बैंक नेपाल र ‘बिआईईएक्स’ को शैक्षिक निकाय र ब्रिटिस काउन्सिल नेपाल रहनेछन् ।

यस कार्यक्रमको बारेमा थप जानकारी दिन नेपाल आर्ट काउन्सिलले १२ अप्रिलमा जाउलाखेलमा रहेको शालीग्राम होटेलमा पत्रकार सम्मेलन गर्दैछ ।