August 21, 2017

नेपाल फर्मा एक्स्पो २०१७ सुरु

काठमाण्डौ, २० फाल्गुन । नेपाल फर्मा एक्स्पो २०१७ शुक्रबारदेखि काठमाडौंको भृकुटिमण्डपमा सुरु भएको छ ।

तीन दिनसम्म चल्ने छैटौँ फर्मा एक्स्पोको उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले उद्घाटन गरेका छन् । मेलामा नेपाल र विदेशी गरी एक सय आठवटा स्टलहरू मेलामा रहेका छन् । जसमा नेपालका १८ वटा स्टलहरू रहेका छन् ।

यस वर्षको फर्मा एक्स्पोमा उच्च गुणस्तरका उपकरणहरू प्रदर्शनीमा राखिएको छ । एक्स्पोको उद्घाटन गर्दे महासंघका अध्यक्ष मुरारकाले नेपालीमा औषधी क्षेत्रको उद्योगको सम्भावना राम्रो देखिएको बताए । कम नाफामा जनतालाई सेवा दिन फर्मा क्षेत्र सक्रिय हुनुपर्ने उनको भनाई छ ।

तीन दिनमा एक लाखले मेला अवलोकन गर्ने लक्ष्य औषधि उत्पादक संघले लिएको छ । आयोजकले चाँडै नै वीरगन्जमा पनि मेलाको आयोजना गर्ने जानकारी दिएका छन् ।