November 17, 2017

नेपाल प्रेस सोसाइटीले मनायो पहिलो स्थापना दिवस

काठमाडौं २५ फाल्गुन । नेपाल प्रेस सोसाइटीले प्रथम स्थापना दिवस मनाएको छ । बुधबार काठमाडौंमा सोसाइटीले चियापान कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो ।

गत वर्ष २०७२ फागुन २५ गते सोसाइटीको स्थापना गरिएको थियो । संगठन स्थापना भएको एक वर्षमै देशैभरी संगठनको सम्पर्क स्थापना भएको र ४३ जिल्लाहरुमा जिल्ला समिति गठन गरिसकिएको सोसाइटी जनाएको छ ।
प्रेस सोसाइटीको स्थापना दिवसका अवसरमा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई, नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट र प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल लगायतले शुभकामना दिएका थिए ।