June 27, 2017

नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्द नियुक्त, सशस्त्रमा सिंहबहादुर श्रेष्ठ

काठमाडौं,१ फाल्गुन । सरकारले नेपाल प्रहरीको प्रमुखमा डीआईजी जयबहादुर चन्दलाई नियुक्त गरेको छ ।

आइतबार बिहान बसेको मन्त्रीपरिषदको बैठकले चन्दलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेको हो । उनको कार्यकाल १४ महिनाको हुनेछ ।

उनले २०४४ सालमा प्रहरी निरीक्षक पदबाट सेवामा प्रवेश गरेका थिए । नेपाल प्रहरीको २५ औँ प्रमुखमा नियुक्त चन्द आईजीपीका दाबेदार चार डीआईजीमा वरियता क्रममा तेस्रो नम्बरमा थिए ।

पहिलो नम्बरमा नवराज सिलवाल र दोस्रो नम्बरमा प्रकाश अयार्ल थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबावमा चन्दलाई प्रहरी प्रमुख बनाइएको हो ।

यसैगरी मन्त्रिपरिषद् बैठकले सशस्त्र महानिरीक्षकमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको
छ । सशस्त्र प्रहरी प्रमुखका लागि श्रेष्ठसँगै एआईजी प्रेमबहादुर शाही र प्रकाश ओझा दाबेदार थिए । सशस्त्र प्रहरी प्रमुख दुर्जकुमार राईको कार्यकाल चैतमा सकिँदैछ ।